मधुमेहका १० लक्षण
जब प्यानक्रियाजले पर्याप्त इन्सुलिन
उत्पादन गर्न सक्दैन वा शरिरले इन्सुलिनलाइ प्रभावकारी ढंगबाट प्रयोग गर्न
सक्दैन, तब मधुमेह देखिन्छ शरिरमा। इन्सुलिनले रगतमा भएको ग्लुकोज (सुगर)
लाइ नियन्त्रण गर्ने काम गर्छ।
सन् २०१४ मा विश्वका ९ प्रतिशत युवा मा
मधुमेह देखिएको थियो, जो १८ अनि १८ वर्ष भन्दा माथीका छन। सन् २०१२ मा करिब
१ करोड ५० लाख मानिसहरुको मृत्युको कारंण मधुमेह भएको बताइन्छ।
खानपान अनि जीवनशैलीकै असरले मधुमेह
देखिन्छ। शारिरीक कसरतको कमी अनि अत्याधिक कार्बोहाइड्रेड युक्त खाना
मधुमेहको प्रमुख कारणको रुपमा लिइन्छ। मधुमेह भए-नभएको थाहा पाउन रगतमा
ग्लुकोजको मात्रा मापन गर्नुपर्छ। यहाँ केही सामान्य लक्षणहरु छन् जुन
शरिरमा देखिएमा रगत परिक्षण गराइ उपचार गरिनु पर्छ।
तिर्खा बढी लाग्ने अनि पिसाब छिटो छिटो आउने

जब रगतमा ‘ग्लुकोज’ को मात्रा बढ्छ,
किड्नीले रगतबाट ‘ग्लुकोज’ छान्न थाल्छ। जब ‘ग्लुकोज’ को मात्रा अत्याधिक
हुन्छ किड्नीले छिटो छिटो पिसाबबाट बाहिर फाल्न थाल्छ। जसले गर्दा छिटो
छिटो पिसाब लाग्ने हुन्छ अनि शरीरमा पानीको कमी हुन गरी तिर्खा बढी लाग्छ।
भोक बढ्ने

कोषहरुमा ग्लुकोजको मात्रा पुर्याउनको
लागि शरिरलाइ इन्सुलिनको आवश्यकता पर्छ। कोषहरुलाइ शक्तिको लागि ग्लुकोजको
आवश्यकरा पर्छ। मधुमेहले इन्सुलिनको पनि कमी हुने हुँदा पर्याप्त ग्लुकोज
कोषसम्म पुग्न सक्दैन। फलस्वरुप शरिरमा शक्ति सञ्चय हुन पाउदैन अनि भोक बढी
लाग्ने हुन्छ।
शक्तिमा कमी अनि थकाइ बढ्ने
भोक बढेसंगै शरिरको स्फुर्ती पनि घट्छ, थकाइ बढी लाग्ने हुन्छ। कोषहरुमा पर्याप्त ग्लुकोज नपुग्नाले यस्तो हुन जान्छ।
अस्वभाविक तोल घट्ने
कोषहरुम ग्लुकोज सञ्चय हुदैन। रगतमा
अत्याधिक हुने ग्लुकोज अधिकांश पिसाब बाटै जाने हुनाले कोषहरुले लिने
क्यालोरीमा कमी आउछ। खर्च हुने क्यालोरी परिपुर्ती नहुँदा अस्वभाविक तौल
घट्ने हुन्छ।
अंग झनझन हुने वा निदाँउने

रगलमा अत्याधिक ग्लुकोजको हुने हुँदा
स्नायु (नशा) बाट आएका सन्देशहरु अंगहरुले राम्रो संग ग्रहण गर्न सक्दैनन।
बाधक बन्छ ग्लुकोज। सामन्यतया हात तथा खुट्टामा यस्तो समस्या देखिन्छ। साथै
रक्तकोष कमजोर हुन गइ रक्तसञ्चारमै वाधा पनि आउने हुन्छ।
दृष्टी धमिलो हुने

रगतमा उच्च ग्लुकोज हुनाले असर पर्ने अर्को अंग भनेको आँखा पनि हो। धमिलो देखिने समस्या पनि बढ्न सक्छ मधुमेह देखिदा।
घाउ ढिलो बिसो हुने

रगतमा ग्लुकोज बढ्दा शरिरले घाउ तथा
इन्फेक्ट ठाँउहरुको बारेमा जानकारी लिन गाह्रो मान्छ। उच्च ग्लुकोजले
प्रतिरक्षा प्रणालीलाइ नै बाधा गर्छ। यसको प्रभावले सेतो रक्त कोषको काममा
कमी आउछ फलस्वरुप घाउ बिसो हुने समयनै लामो हुन जान्छ।
बारंबार सक्रमण हुने
घाउ बिसो हुने समय ढिलो हुने झै शरिरमा
विभिन्न सक्रमणहरु बारंबार देखिन सक्छन्। यो पनि रगतमा ग्लुकोजको मात्रा
बढेर प्रतिरक्षा प्रणाली कमजोर हुनाले हुन्छ।
छाला सुख्खा हुने अनि चिलाउने

शरिरमा करिब ५० देखि ७८ प्रतिशतसम्म पानी
हुन्छ। छिटो छिटो पिसाब लाग्नाले तिर्खा बढ्ने देखि शरिरमा पानीको मात्रामा
पनि कमी आँउछ। जसको कारणले छाला सुख्खा हुने हुन्छ। सुख्खा छाला अनि
चिलाउने मधुमेहको साधारण लक्षण नै हो।
चिढचिढापन
भोक लागिरहने, अनि शरिरमा पर्याप्त शक्ति पनि नहुनाले चिढाचिढापन पनि बढ्ने
हुन्छ। दिक्क लाग्ने जस्तो पनि हुन्छ। यो सब शरिरमा पर्याप्त क्यालोरी
नहुनाले हुन्छ।
Comments
Post a Comment