सुरक्षाकर्मीहरुको चिकित्सकीय टोली पुर्यो
यसैबीच सोमबार नेपाली
सेनाको हेलिकोप्टरबाट स्वाथ्यकर्मीहरुको टोली प्रभावित गाउँमा पुगेको छ ।
नेपाली सेनाको डा.
अधिकृत सहितको ६ जनाको मेडिकल टिम अर्छानी, नेपाल जनपद प्रहरीको डा.अधिकृत
सहितको मेडिकल टिम पैक र सशस्त्र प्रहरीको डा. अधिकृत सहितको ६ जनाको मेडिकल टिम कोरत्राङ्ग
गाविसमा पुगेको छ । जाजरकोट जिल्ला सदरमुकामबाट सिभिल डा. सहित ६ जनाको मेडिकल टिम
टालेगाउं गाविसमा परिचालन भएको छ ।
नर्भिकले शिविर चलाउने
यसैबीच बसन्त चौधरी
फाउण्डेशन र नर्भिक इन्टरनेशनल हस्पिटलले जाजरकोटमा स्वास्थ्य शिविर चलाउने भएको छ
। यसका लागि तीन डाक्टरसहितको टोली मंगलबार जानेछ । नर्भिकका महाप्रबन्धक रवि शर्माको
नेतृत्वमा जाजरकोट जाने टोलीमा डा. पुष्प ढकाल, डा. राजीव श्रेष्ठ र डा. जस्टिन
जङ्ग मल्ल छन् ।
टोलीले माझकोट गाविस
शिविर चलाउनेछ । टोलीले शिविरका लागि आवश्यक पर्ने औषधि, लगायत सामग्रीहरू समेत साथै लैजाने छ । साताब्यापी शिविर मार्फत् माझकोट गा.वि.स.
र अन्य आसपासका गा.वि.स. समेतलाई समेट्दै बिरामीहरूलाई सेवा पुर्याउने लक्ष्य रहेको
अस्पतालले जनाएको छ ।
फ्लूको महामारी फैलिएको
जाजरकोटमा २४ जनाको मृत्यु भइसकेको छ भने सयौं विरामी परेका छन् । विरामीहरुमा स्वाइन
फ्लूको संक्रमण समेत देखिएको छ ।

Comments
Post a Comment