महिलाले जन्माइन् एकैचोटी ५ छोरी, राखिन् किर्तिमान

एकजना अमेरिकी महिलाले एकसाथ ५ छोरी जन्माएर नयाँ रेकर्ड कायम गरेकी छिन् । अमेरिकाको हट्सनस्थित टेक्सास अस्पतालमा ५ छोरी जन्माउने किर्तिमानी महिलाको नाम हो ड्यानिली बस्बी । अधिकारीहरुका अनुसार उनी एकै पटकमा ५ जना छोरी जन्माउने पहिलो अमेरिकी महिला हुन् ।
बेलायतमा भने सन् १९६९ मा एक महिलाले ५ जना छोरी जन्माएकी थिइन् ।
किर्तिमानी आमा बस्बीले जन्माएका छोरीहरुको नाम ओलिभिया, आभा, ह्याजेल, पार्कर तथा रिली राखेकी छिन् ।
शल्यक्रियाबाट जन्माइएका ५ जना बालिकाहरु सबै स्वस्थ रहेको बताइएको छ । शल्यक्रियाका क्रममा झण्डै एक दर्जन डाक्टर तथा नर्सहरु खटिएका थिए ।
बालिकाहरुका पिता एडम बस्बीले पत्रकार सम्मेलन गर्दै अस्पतालका कर्मचारीहरुको प्रसंसा गरेका छन् । ड्यानिलीले कृत्रिम गर्भाधानको माध्यमबाट गर्भधारण गरेकी थिइन् ।



Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!