पेशेवर ‘फेसबुके’का ७ लक्षण

नयाँ दिल्ली– फेसबुकमा मानिसहरु आफ्नो मनको कुरा, प्रेम प्रसंग, रिसइबी, पीडा, रुची र मनपरेका तस्विरहरु सार्वजनिक गर्ने गर्छन्।
तर, कोही कोही त यस्ता पेशेवर फेसबुके हुन्छन्, जो एक जिम्मेवार र पक्का फेसबुके जस्तो पलपलको खबर, नयाँ घटनाक्रम र आफ्नो विचार पनि फेसबुकमा नविराई अपडेट गर्छन्। मानौं कुनै भरपर्दो सञ्चाध्यम नै जस्तो गरी फेसबुके प्रस्तुत हुन्छन्।
यस्ता पेशवर र जिम्मेवार फेसबुकेलाई कसरी पहिचान गर्ने त ?

पढ्नुहोस् पेशेवर फेसबुकेका ७ लक्षण

पहिला फोटो खिचौं, पछि खाऊँला: यदी तपाईको साथमा कोही यस्ता छन्, जो आफूलाई खाना आउँदा पनि नखाईकन पहिले खानाको तस्विर लिएर फेसबुकमा अपलोड गर्छ भने त्यो पेशेवर फेशबुके हुन सक्छ।
पुरै कुण्डली फेसबुकमाः आफ्ना अनुभवहरु, खुसी, दुःख, पीडा, कन्फ्यूजन जस्ता शरीर र दिमागका हरेक चाल र गतिका विषयमा पुरै जानकारी फेसबुकमा सार्वजनिक गर्ने व्यक्ति पनि पेशेवर फेसबुके नै हो।
मलाई कुनामा राख्नुहोस्ः कुनै विवाह समारोह वा भ्रमणका लागि जाँदा त्यस्ता फेसबुक आफ्ना साथीसँग अक्सर कुनै निश्चित ठाउँमा उभिएर मलाई तस्विरको कुनामा राखेर अरुसबै दृश्य आउने गरी फोटो खिचिदेऊ न भनेर आग्रह गर्छन्। र, पछि मौका पाउनसाथ फेसबुकमा अपलोड गरिहाल्छन्।
गाँउलेहरु म ट्याङ्कीमा छु: पेशवर फेसबुके जहाँ गए पनि आफ्नो बारेमा फेसबुकमा बताइ हाल्छन्। जस्तो, पोखरामा फेवातालमाथि डुङ्गा चढ्दै, नगरकोटमा हिउँ खेल्दै । ‘शोले’ फिल्ममा वीरुले पानी ट्याङ्कीमा चढेर कराइ कराई हल्ला गरेजस्तो मानिसहरुलाई आफू कहाँ छु भन्ने पलपलको खबर वा जानकारी दिन्छन्।
अचानक लाईक र कमेन्टः पेशेवर फेसबुकेले आफ्नो वर्षौं पुरानो फोटोमा कसैले गरेको कमेन्ट वा लाइकका लागि महीनौंपछि धन्यबाद दिन्छन्। वा स्माइली पोष्ट गर्छन्। यसले फोटो पोष्टलाई पुनः ताजा बनाउँछ।
पुराना एल्बम पाउँदा खुसी: फेसबुकमा धेरै सक्रिय रहने पेशेवरहरु परिवार तथा आफन्तमा कसैको पुरानो एल्बममा आफ्नो तस्विर पाउँदा निकै खुसी हुन्छन्। उनीहरु एल्बमको तस्विरको तस्विर पुनः क्यामरा वा मोलाईलले खिन्चन् र तुरुन्त वा मौका पर्नासाथ आफ्नो फेसबुक एकाउण्टमा डाउनलोड गरिहाल्छन्। प्रायः यस्तो तस्विरमा ‘वन्स अपन अ टाइम’ भन्ने क्याप्शन लेखेर पोष्ट गर्छन्।
चौबीसै घण्टा अनलाईनमाः पेशेवर फेसबुके प्रायः चौबीसै घण्टा अनलाइनमा हुन्छन्। उनीहरु अनलाइनमै रहेर सुत्छन् र उठ्नासाथ फेसबुकमा ‘गुड मर्निङ’ पोष्ट गर्छन्।
- See more at: http://nagariknews.com/technology/story/36842.html#sthash.aqoSK8O3.dpuf

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!