घाईते बिरामीलाई जहाजबाट
बस दुर्घटनामा मृत्यु भएका भारतीय नागरिकको शव लिनका लागि बिहीबार भारतबाट विशेष विमान काठमाडौँ आउने तयारी गरेको छ।
भारतीय वायु सेनाको आइएल ७६ जहाज काठमाडौं आउने जानकारी भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीटरमार्फत दिएका छन्। पशुपतिनाथको दर्शन गरेर भारतीय तीर्थयात्री घर फर्किने क्रममा नागढुंगामा बस खस्दा १७ जनाको मृत्यु भएको थियो भने २५ जना घाइते भएका छन्। मृत्यु हुने र घाइते हुने सबै गुजरातका नागरिक रहेको विभिन्न पत्रपत्रिकामा खबर छ।
नेपालस्थित भारतीय राजदूत तथा दूतावासका कर्मचारी बुधबार दिउँसो घाइते रहेका अस्पतालमा पुगी उपचार अवस्थाबारे बुझेका थिए। दूतावासका केही अधिकारी दुर्घटनास्थल पनि पुगेर जानकारी लिएका थिए।

Comments
Post a Comment