चिलीमा ज्वालामुखी बिस्फोट

चिली, वैशाख १० - दक्षिण अमेरिकाको चिलीमा ज्वालामुखी बिस्फोट भएपछि त्यसको २० किलोमिटर वरपर बसोबास गर्ने १५ सय मानिसलाई अन्यत्र सार्नुका साथै आपतकालीन सेवालाई अलर्टमा राखिएको छ ।
दक्षिणी चिलीमा स्थित 'द क्लाबुको' ज्वालामुखी ४० वर्षपछि बिस्फोट भएको हो । ज्वालामुखीबाट नजिकको सहर पुएर्तो मोन्टलाई बिस्फोटपछि निस्किएको खरानीले छोपेको छ । छिमेकी देश अर्जेनिटाले पनि आफ्नो आपतकालीन सेवालाई उच्च सतर्कतामा बस्न निर्देशन दिएको छ । अर्जेन्टीनी सहर बारिलोचे ज्वालामुखीबाट १०० किलोमिटर टाढा पर्छ ।
अधिकारीहरूका अनुसार बिस्फोट भए पनि हालसम्म खरानी बाहेक लाभा भने ज्वालामुखीबाट निस्किन थालेको छैन । तर, वरपरको तापक्रम बढेसँगै हिउँ पग्लिएर नदीमा बाढी आउन सक्ने आशंका विज्ञहरूको छ ।
याे ज्वालामुखी अन्तिमपटक सन् १९७२ मा बिस्फोट भएको थियो ।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!