एमाओवादीले सत्ता पक्षसँग माग्यो प्रदेशबारे सहमतिको प्रस्ताव


६ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीले संघीयता र समानुपातिक निर्वाचन प्रणालीबारे सत्तारुढ कांग्रेस र एमालेको सहमतिको प्रस्ताव मागेको छ । एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको पदाधिकारीसहितका नेताहरुको बैठकले कांग्रेस र एमालेले नै संविधान निर्माणमा लिङगरिङ गरेको ठहर गरेको छ । ‘अब हामी कांग्रेस र एमालेसँग निणर्ायक वार्ता गछौर्ैं’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने । बैठकमा कांग्रेस र एमाले नेताहरुसँग विभिन्न चरणमा भएको वार्ताको समिक्षा भएको थियो । स्रोतका अनुुसार नेताहरुले संघीयतामा सहमति नजिक देखिएको तर, सहमति भइनसकेको ब्रिफिङ गरेका छन् । कांग्रेस केही लचिलो भए पनि एमाले भने अझै आफ्नो अडानमा कायमै रहेको नेताहरुले बताएका छन् । एमाओवादी बैठकले ६ देखि ९ प्रदेशसम्मको विकल्पमा खुला रहने निर्णय समेत गरेको छ । तर, बहुपहिचान सुनिश्चित हुनु पर्ने उसको सर्त छ । ६ प्रदेश बनाउने भए क्लस्टरहरु छुट्याउन नहुने र बहुपहिचानमा आधारित नाम राख्नु पर्ने माओवादीले बताएको छ । ‘हाम्रो आधिकारिक प्रस्ताव छ १० नै हो । तर, सहमतिका लागि विचको बाटो खुला छ’ एक नेताले भने-‘संविधानको मस्यौदा कसरी बन्छ अहिले नै प्रष्ट हुनुपर्छ ।’ माओवादीले समानुपातिक निर्वाचन प्रणालीको प्रतिशत र मजदुर, किसानको प्रतिशत प्रष्ट पार्न माग गरेको छ । ‘निर्वाचन प्रणाली त मिलिहाल्छ नि भनेर हुँदैन’ एक नेताले भने-‘हामीलाई प्रष्ट प्रस्ताव चाहियो भनेका छौं ।’ असारसभित्र संविधान एमाओवादी बैठकले कांग्रेस र एमालेकै कारण संविधान निर्माणमा अवरोध आएको ठहर गरेको छ । ‘हामी अधिकतम लचिलो भएर सहमतिमै संविधान बनाउन तयार छौं’ श्रेष्ठले भने-छिटोभन्दा छिटो संविधान बनाउनुपर्छ ।’ बैठकमा नेताहरुले आगामी असार मसान्तसम्ममा नयाँ संविधान जारी गर्ने गरी नयाँ कार्यतालिका बनाउनु पर्ने प्रस्ताव समेत राखेका थिए । ३० दलको बैठक डाक्न प्रचण्डलाई सुझाव बैठकमा नेताहरुले तत्काल ३० दलीय मोर्चाको बैठक बोलाउन अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । आमहड्ताल फिर्ता लिएपछि प्रचण्ड नेतृत्वकेा ३० दलीय मोर्चामा खटपट देखिएको छ । आन्दोलन स्थगित गरेकोमा मधेसी र जनजाति नेताहरुले असन्तुष्टि जनाएका छन् । यद्यपि माओवादी नेताहरुले भने सत्तापक्षसँग सहमति गरेर आन्दोलन फिर्ता नभएको प्रष्ट पारेका छन् ।

Comments

Popular posts from this blog

Nepali political leader Madan (Kumar) Bhandari (1952- 1993)

जापानमा नेपाली शरणार्थी आवेदकहरुको अवस्था: हवाई जहाज चार्टर गरेरै नेपाल फर्काईने तयारी, अध्यागमन भन्छ फर्कनुको विकल्प छैन

हार्दिक श्रदान्जली!