Posts

Showing posts from August, 2015

New Nepali Teej Song 2015 Mata Putali Dhalki Dhalki By Meksam Khati Chhe...

Image

सेकेण्ड ह्याण्ड मोटरसाइकल किन्दा ध्यान पुर्‍याउनुपर्ने कुराहरु

Image
नेपालमा सेकेण्ड ह्याण्ड मोटरसाइकलहरुको बजार राम्रो रहेको छ। उपत्यकामा पनि सेकेण्ड ह्याण्ड मोटरसाइकल बेच्ने थुप्रै पसलहरु खुलेका छन्। काठमाडौँ लगायत नेपालका विभिन्न ठूला तथा व्यस्त शहरहरुमा मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको छ। कामगर्ने कर्मचारीहरुदेखि लिएर व्यापार व्यवसाय गर्नेहरुका लागि मोटरसाइकल नभइ नहुने भइसकेको छ। झन् काठमाडौँ जस्तो स्थानमा त आफ्नो साधन नभए मानिसहरुले आवतजावतका लागि निकै समस्या भोग्नुपरेको छ। यसरी हरेक कामका लागि आवश्यक भइसकेको मोटरसाइकल झट्ट नयाँ किनिहाल्न धेरैको आर्थिक अवस्थाले साथ दिदैँन। यस्ता ग्राहकहरुका लागि सेकेण्ड ह्याण्ड मोटरसाइकलहरु सहज भएका छन्। त्यस्तै सुरुसुरुमा चलाउनेहरु पनि नयाँ मोटरसाइकल भन्दा सेकेण्ड ह्याण्ड मोटरसाइकल नै सिकेर, राम्ररी जानेर मात्र नयाँ किन्ने सोच भएकाहरु पनि यसतर्फ आकर्षित भएको पाइएको छ । सहुलियत दर, नयाँ मोडेल, फेरिफेरि प्रयोग गर्न पाइने र फाइनान्सको समेत सुविधा उपलब्ध गराउने हुनाले पनि सेकेण्ड ह्याण्ड मोटरसाइकल किन्नेहरुको संख्या बढ्दो रहेको छ। तर यस्ता सेकेण्ड ह्याण्ड मोटरसाइकलकिन्दो विचार नपुर्‍याइ क...

पाल्पाको सिद्धबाबामा पहिरोसँगै बस नदीमा खस्यो

Image
पाल्पाको सिद्धबाबामा पहिरोसँगै बस नदीमा खस्यो ठूलो हताहतको आशंका पाल्पा, साउन २३। पाल्पाबाट बुटवल जाँदै गरेको लु १ ख ५७७१ नम्बरको बस पाल्पाको दोभानस्थित सिद्धबाबाबामा दुर्घटना भएको छ । बस सडकबाट खोलामा खसेको छ । पाल्पा प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीका अनुसार बस खोलामा खसेपछि माथिबाट पहिरोसमेत झरेको छ । 'बसमा कति यात्रु थिएभन्ने खुल्न सकेको छैन,' चौधरीले भने,'बस खोलामा खसेका कारण ठूलै हताहती भएको अनुमान गरेका छौं ।'प्रहरी निरीक्षक चौधरीका अनुसार बस खसेको ठाउँमा माथिबाट पहिरो झरी रहेकाले उद्दार कार्यमा कठिनाई भएको छ । 'बससँगै पहिलोपनि खसिरहेको छ,' उनले भने,'पहिरा खस्ने क्रम नरोकिएकाले उद्दार कार्यमा कठिनाई भइरहेको छ ।' घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिए पनि भौगोलिक विकटताका कारण उद्दार कार्य हुन नसकेको उनले बताए । बसमा कतियात्री थिए भन्ने विषयमा केही जानकारी हुन नसकेको छैन ।