यदि तपाईलाई खाना खाने वित्तिकै दिशा आऊछ भन्ने पढ्नुहोस
खाना खाएपछि पेटभित्र त्यसबाट शरीरलाई चाहिने पौष्टिक तत्वहरू सोस्ने काम हुन्छ र बाँकी रहेका पदार्थहरू आन्द्रा हुँदै मलाशयमा पुग्छ र दिसा बनेर मलद्वारबाट बाहिर निस्कन्छ। यो कुनै नौलो कुरा होइन। अनि तपाईँले खाना खानुभयो, तर तपाईँको पेटमा पहिले खाएर पच्न बाँकी भएको अथवा पचेर बसिसकेको खाना पनि हुन्छ, जसलाई नयाँ खानाले विस्थापित गर्छ र पुरानो खाना सानो आन्द्रा हुँदै मलाशयतर्फ लाग्छ। कसै-कसैलाई समस्या यहिँनेर आउँछ- नयाँ खाना खाएपछि तुरुन्तै दिसा लाग्ने, अनि पेट दुखेको जस्तो हुने। यदि तपाईँलाई पनि त्यस्तै हुन्छ भने ‘के भएको होला?’ भनेर पक्कै सोँच्नुहुन्छ होला। फेरि कसै-कसैलाई यहि सामान्य हुन्छ, किनकी उसको पहिल्यै देखि नै यस्तै हुन्थ्यो भने कसैलाई भर्खर-भर्खरैबाट यस्तो समस्या आउन थालेको हुन्छ र ऊ आत्तिन थाल्छ। तर यसमा आत्तिहाल्नुपर्ने जरुरी छैन। यदि तपाईँलाई खाना खाने बित्तिकै दिसा बस्न मन लाग्छ तर पेट दुख्दैन भने त्यो सामान्य हो। तपाईँले पहिला खानुभएको खानामा तपाईँलाई चाहिने भन्दा बढि फाइबर (३० ग्रामभन्दा बढि फाइबरलाई बढि मानिन्छ) थियो भने त्यसलाई शरीरले राम्रोसँग पचाउन पाएको ह...